उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व
आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ ।
व्रतालुहरुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । त्यसपछि रातभर जाग्राम बसेका उनीहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व चार दिनसम्म मनाइन्छ । सूर्यको उपासना र छठी माताको पूजाआराधनाले पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यो पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१ ०९:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय