Syangja Dainik Media
२०५६ देखि ११ र १२ कक्षा पास गर्न नसकेका विद्यार्थीका लागि अन्तिम मौका परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले २०५६ देखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२मा विभिन्न विषयहरूमा फेल भएका वा ग्रेड वृद्धि गर्न चाहन्ने विद्यार्थीहरुलाई अन्तिम मौका परीक्षा गर्ने भएको छ ।

बोर्डले ०५६ सालदेखि ०७७ सालसम्म फेल भएका विद्यार्थीहरुलाई पुनः परीक्षा दिन पाउने व्यवस्था गरेको हो । त्यसको लागि बोर्डले रजिटेशन फर्म खुलाएको छ।

Ismt_Pokhara

बोर्डले रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।

ती विद्यार्थीहरुले आगामी मंसिर २७ गतेभित्र आवेदन फाराम भर्न पाउने व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

त्यसका लागि एक हजार रुपैयाँ परीक्षा आवेदन शुल्क तोकिएको छ ।

neb-notice-1731206282.jpg


 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update