Syangja Dainik Media
गल्याङमा स्थानीय प्रज्ञा प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श

गल्याङ प्रज्ञा प्रतिष्ठानले स्थानीय प्रज्ञा प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श गरेको छ ।

प्रतिष्ठानले नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, गण्डकी प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा भाषा, कला, सङ्गीत एवं संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्न प्राज्ञिक विमर्श गरेको छ ।

Ismt_Pokhara

गल्याङ नगरपालिका-३ मा 'स्थानीय प्रज्ञा-प्रतिष्ठान' विषयक प्राज्ञिक विमर्शमा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले परिणाम आउने खालका कार्यक्रम ल्याउनुपर्ने बताए । उनले नेपालमा खोज, अनुसन्धान, छलफल र अन्तक्रिर्या वढी हुने गरेको बताउँदै उपलब्धि नहुने खालका कार्यक्रम गर्नुभन्दा परिणाम दिने खालका गर्नुपर्ने बताए ।

प्राज्ञिक विमर्शमा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले नेपालको भाषा विकासको क्रममा रहेको भन्दै अझै पनि बहसको प्रक्रिया नसकिएको बताए ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव कुष्मा महरा प्रगति, गण्डकी प्रज्ञा-प्रतिष्ठानका उपकुलपति गोरे गुरुङलगायतले स्थानीय तहमा पनि प्राज्ञ-प्रतिष्ठान गठन गरी भाषा, कला, सङ्गीत र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update