आन्तरिक राजस्व विभागद्वारा करदाता सेवा कार्यालय स्याङ्जा सम्मानित भएको छ ।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस २०८१ को अवसरमा करदाता सेवा कार्यालय स्याङ्जा सम्मानित भएको हो ।
कार्यालयले गर्ने काम जस्तै राजश्व संकलन, कर शिक्षा, बजार अनुगमन, बक्यौता असुली आदिका आधारमा गरिने कार्यसम्पादन मुल्यांकनमा आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट काम गरेको भन्दै विभागले करदाता सेवा कार्यालय स्याङ्जालाई सम्मान गरेको हो ।
कर दिवसको क्रममा काठमाडौंमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट काम गर्ने तीन आन्तरिक राजस्व कार्यालय, तीन करदाता सेवा कार्यालय र १० कर्मचारीलाई सम्मान गरेको छ ।
सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ गतेको आधारमा २०६९ सालदेखि कर दिवस मनाउँदै आएको छ ।