स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा छैठौं अध्यक्ष कप तथा खेलकुद महोत्सव हुने भएको छ ।
गाउँपालिकाले खेलकुदको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि महोत्सवको आयोजना गर्न लागेको जनाएको छ ।
यही मङसिर १४ गतेबाट १६ गतेसम्म मिर्मी खेलमैदानमा हुने छैठौं अध्यक्ष कप तथा खेलकुद महोत्सवमा महिला/पुरुष फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन(एकल तथा डबल), टेबल टेनिस(एकल तथा डबल), दौड, बुद्धिचाल खेल हुनेछन् ।
विगत सात वर्षदेखि प्रतियोगिता भइरहेको अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव -२०८१ मा हुने ७ खेल २२ विधामा ७०० भन्दा बढी खेलाडी बिच २२ स्वर्ण, २२ रजत र २२ कास्य पदकमा प्रतिस्पर्धा हुनेछ ।
पालिकाका रहेका सात वडामा हरेक वडाबाट ९८ जनाको दरले खेलाडी सहभागी हुने पालिका अध्यक्ष खिम बहादुर थापाले बताए ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई नगद ५ लाख १० हजार रुपियाँ पुरस्कार वितरण गरिने पालिकाले जनाएको छ ।
महोत्सवको नेपाल सरकारको सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।