Syangja Dainik Media
तीनजना 'युवा भाषा वैज्ञानिक पुरस्कार'बाट पुरस्कृत

काठमाडौं । भाषा विज्ञान नेपालको ४५ औं अन्तराष्ट्रिय सम्मेलनमा तीनजना विद्यार्थीहरु ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत भएका छन् । दर्शनाचार्य–विद्यार्थीवरिधि (एमफिल–पिएचडी)मा अध्ययनरत युवा भाषा वैज्ञानिकहरु मोहन गुरुङ, सिर्जना घिमिरे र नेह गर्ग ‘युवा भाषा वैज्ञानिक पुरस्कार–२०८१’को अवार्डबाट पुरस्कृत भएका हुन् । गुरुङ र घिमिरे त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग र गर्ग बनारस हिन्दु युनिर्भसिटीका विद्यार्थी हुन् ।

मंसिर ११ र १२ गते काठमाडौंमा सम्पन्न सम्मेलनमा अनुसन्धान लेखन र प्रस्तुतीकरणको आधारमा उनीहरु नगद १० हजार रुपियाँ, प्रमाणपत्र र अवार्डबाट पुरस्कृत भएका हुन् ।

Ismt_Pokhara

‘गण्डकी क्षेत्रको ठाडो भाकाः समाज भाषिक अध्ययन’ विषयको अनुसन्धान लेखन एवं प्रस्तुतीकरणको आधारमा गुरुङले अवार्ड जितेका हुन् ।

‘बहुभाषिक कक्षाकोठामा सिकाईमा कठिनाई’ विषयबाट घिमिरेले र ‘मैथिलीका शाब्दिक, रुपात्मक तथा वर्णनात्मक प्रेरणार्थक संकेतनः तुलनात्मक अध्ययन’ विषयबाट खोज, लेखन र प्रस्तुतीकरणको आधारमा गर्गले अवार्ड पाएका हुन् ।

हरेक वर्षको अंग्रेजी महिना डिसेम्बर २६ र २७ गते आयोजना गरिने सम्मेलनमा नेपालका दुईजना र नेपाल बाहिरका एकजना भाषा वैज्ञानिकले यो अवार्ड पाउँछन् । यो अवार्ड नेपालको भाषा बारे अध्ययन, अनुसन्धान र लेखनमा लागेका भाषा वैज्ञानिकहरुले पाउँछन् ।

language-science-ktm1-1732779456.jpeg

डा. समर सिन्हा (सिक्किम विश्वविद्यालयका प्रोफेसर), डा. दानराज रेग्मी र डा. भिमलाल गौतम   (त्रिभुवन विश्वविद्यालय) रहेको मुल्याङ्कन समितिले उनीहरुलाई अवार्डका लागि सिफारिस गरेको थियो ।

सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, भारत, जर्मनी, साउदी अरब, पोल्याण्ड, बेलायत लगायत १० देशका भाषा वैज्ञानिकहरुको सहभागिता थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update