नेपाल विद्यालय खेलकुद महासंघ स्याङ्जाको अध्यक्षमा अमृत अर्याल चयन भएका छन् ।
राष्ट्रव्यापी रुपमा विद्यालय खेलकुदको अवधारणालाई कार्यान्वयनमा काम गर्ने उद्देश्यका साथ प्याब्सन पूर्व केन्द्रीय अर्यालको नेतृत्वमा विद्यालय खेलकुद महासंघ स्याङ्जा गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा ताराबहादुर गुरुङ (शमशेर), यदु कुमार थापा, सचिवमा रिवन वि.क., कोषाध्यक्षमा अमृता हमाल बस्नेत रहेका छन् । सदस्यहरुमा एलबी गुरुङ, नारायण काफ्ले, नासीर खाँ, महेन्द्र थापा, द्रवेन्द्रदेव खनाल र प्रमिला अधिकारी क्षेत्री रहेका छन् ।
विद्यालयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्दै खेलकुद क्षेत्रको विकासमा सहयोग गर्ने लक्ष्यसहित स्याङ्जा जिल्ला कार्यासमिति गठन गरिएको अध्यक्ष अर्यालले बताए ।
नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद विकास परिषद्द्वारा मान्यता प्राप्त विद्यालय खेलकुद महासंघ ७७ जिल्ला, सात प्रदेश र केन्द्रीय कमिटी गठन हुने उनको भनाइ छ ।