Syangja Dainik Media
स्याङ्जा पत्रकार महासंघको अध्यक्षमा कोईराला निर्वाचित

नेपाल पत्रकार महासंघ स्याङ्जाको नयाँ नेतृत्व चयन शुक्रबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जाको अध्यक्षमा प्रदीप कोईराला निर्वाचित भएका हुन् । 

स्याङ्जा शाखाको अध्यक्ष पदका लागि प्रतीक्षा काफ्ले र प्रदीप कोईरालाको उम्मेदवारी रहेको थियो । कोईराला ३४ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिद्वन्दी काफ्लेले १३ मत प्राप्त गरेकी थिइन् । 

Ismt_Pokhara

कोईरालाको नयाँ नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन भएको हो । सह-सचिव पदमा एक बहादुर गोदार (रमेश)ले ३० मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी खेम प्रसाद खनाल (के.पि.) खनालले १६ मत प्राप्त गरे । 

चार खुल्ला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । जसमा युवराज पौडेलले ४१ मत, राम बहादुर रोकाहा र कृष्ण बस्यालले ४० मत र सविनचन्द्र डोटेलले ३७ मत प्राप्त गरेर विजयी भएका छन् । अर्का प्रतिस्पर्धी उम्मेदवार शालिकराम पोख्रेलले भने १० मत ल्याएका थिए । 

समावेशी सदस्यमा हिमलाल घर्ती ३५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कामना सुनारले ११ मत ल्याएकी थिइन् । 

यसैगरी, समितिको उपाध्यक्षमा माधव गैह्रे, महिला उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा हरि प्रसाद सुवेदी (सुशील), समावेशी सह-सचिवमा कला राना, कोषाध्यक्षमा जोगराज पाठक निर्विरोध निर्वाचित भएका हुन् । 

त्यस्तै, महिला सदस्यमा आरती कुँवर, दलित सदस्यमा नारायण विश्वकर्मा, आदिवासी/जनजाती सदस्यमा भुम बहादुर रखाली (विनोद), राष्ट्रिय परिषद सदस्यमा ओम प्रकाश शर्मा र पार्वती पाण्डेय, महिला प्रदेश प्रतिनिधि सदस्यमा फुलमाया पाण्डेय भट्टराई र प्रदेश परिषद सदस्यमा टिकाराम अधिकारी, तोलाकान्त बगाले र रामु भट्टराई निर्विरोध निर्वाचित भएका हुन् । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जामा ५४ जना सदस्य रहेपनि ४९ मत खसेको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update