Syangja Dainik Media
गीता ज्ञान प्रवचन, अध्ययन तथा वितरण कार्यक्रम सम्पन्न

विश्व हिन्दु महासंघ जिल्ला शाखा स्याङ्जा, विश्व हिन्दु युवा संघ स्याङ्जा र केदारनाथ भाषा प्रशिक्षण तथा अनुसन्धान केन्द्र वालिङको संयुक्त आयोजनामा गीता ज्ञान प्रवचन, अध्ययन तथा वितरण कार्यक्रम वालिङ स्थित पतान्जलीमा सम्पन्न भएको छ ।

कार्यक्रममा गुरु पण्डित नेत्र प्रसाद पराजुलीले गीताको प्रवचन गरेका थिए । पण्डित पराजुलीले गीता नै सबैभन्दा उत्कृष्ट भएको र मानव जगतलाई गीताले बाँच्ने कला सिकाएको बताएका थिए । उनले गीतामा कृष्ण अर्जुनको महिमालगायतकाको कुरा बुझाइएको बताए । उनले गीता एक यस्तो महान ग्रन्थ हो जसले मानव कल्याणका हरेक पक्षलाई समेटिएको जनाए । धर्म, विज्ञान, राजनीतिको त्रिकोणय विकास आत्म चिन्तन र सरल मानवीय दैनिकी ज्ञान र विज्ञानको समिश्रित् रूप भएको बताए । 

Ismt_Pokhara

विश्व हिन्दु महासंघ जिल्ला शाखा स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको अध्यक्षतामा भएको  कार्यक्रममा स्वागत मन्तव्य विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले राखेका थिए । पौडेलले  अब सनातनीहरु चुप लागेर बस्न नहुने कुरा बताउँदै  त्यसका लागि सबैजना आ-आफ्नो ठाउँबाट उठेर आफ्नो कला संस्कृति बचाउनुपर्ने बताए । अध्यक्ष पौडेलले विश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा गरेका कार्यहरुको जानकारी समेत गराएका थिए । 

कार्यक्रममा धन्यवाद मन्तव्य केदारनाथ भाषा प्रशिक्षण तथा अनुसन्धान केन्द्रका अध्यक्ष सीताराम अधिकारी र खगेन्द्र अर्यालले राखेका थिए । कार्यक्रममा गीताको १२ औं  र १५ औं अध्याय गुप्त प्रसाद गैह्रे, त्रिबिक्रम अर्याल र लोकनाथ लामिछानेले पाठ पारायण गरेर सुनाएका थिए ।

कार्यक्रममा प्रवचन सुन्न आएका करिब २५० जनालाई गीता वितरण गरिएको थियो । कार्यक्रममा युवा, विद्यार्थी, शिक्षक, विभिन्न संघ संस्थामा आवद्ध र सामाजिक व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम संचालन विश्व हिन्दु महासंघ जिल्ला शाखा स्याङ्जाका सचिव भुपराज बगालेले गरेका थिए । 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update