Syangja Dainik Media
गरिमा विकास बैंकको चापाकोटमा वित्तीय साक्षरता कार्यक्रम

गरिमा विकास बैंक, चापाकोट शाखाको आयोजनामा कृषि सहकारी संस्थाका सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको छ । चापाकोट नगरपालिका -८ क्वामीमा रहेको रत्नपुर साना किसान कृषि सहकारी संस्थाका सदस्यहरुलाई बैंकले वित्तीय साक्षरता प्रदान गरेको हो । 

गरिमा विकास बैंक, चापाकोट शाखाका प्रमुख तथा कार्यक्रमका प्रशिक्षक एवं सहजकर्ता कृष्णप्रसाद रेग्मीले वित्तीय ज्ञान हरेक व्यक्तिलाई आवश्यक रहेको साथै बचत, कर्जा, पारिवारीक बजेट, बजेट योजना, डिजिटल बैंकिङ प्रयोग तथा महत्त्वका विविध विषयमा प्रष्ट पारेका थिए । 

Ismt_Pokhara

कार्यक्रममा रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कमल प्रसाद पौडेल, चापाकोट नगरपालिका -८ का वडा अध्यक्ष टोपलाल न्यौपानेले बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै, कार्यक्रममा सहभागी लक्ष्मी न्यौपाने र डोलराज आचार्यले वित्तीय साक्षरता कार्यक्रम आफ्नै टोलमा सिक्न पाएकोमा खुसी व्यक्त गरेका थिए । 

कार्यक्रममा गरिमा विकास बैंक, वालिङ क्षेत्रीय कार्यालयका प्रमुख लेखनाथ भट्टराईले बैंकले आफ्नो सेवाका अलावा समाजमा आर्थिक सचेतना फैलाउने काम देशका विभिन्न ठाउँमा गर्दै आएको बताए । यसै अवसरमा सबैको माझमा आफूहरु आएको कुरा बताउँदै भट्टराईले सबैकुरा बुझेर मात्र आर्थिक कारोबार गरेमा आर्थिक बोझबाट बच्न सकिने भनाइ व्यक्त गरेका थिए ।

यस्तै, सहकारीका अध्यक्ष जिवन डोटेलले आफ्नो संस्थाको आग्रहलाई स्वीकार गरेर आफ्ना सहकारीका सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम मार्फत अझ उत्प्रेरित गरिदिएकोमा बैंक प्रति आभार प्रकट गरेका थिए । 

सहकारीका अध्यक्ष जीवन डोटेलको अध्यक्षता र गरिमा विकास बैंक, वालिङ क्षेत्रीय कार्यालयका प्रमुख लेखनाथ भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत सहकारीका उपाध्यक्ष शालिकराम आचार्यले गरेका थिए भने कार्यक्रमको संचालन चापाकोट नगरपालिका -८ कि वडा सचिव शान्ती श्रेष्ठले गरेकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update