Syangja Dainik Media
सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई

स्याङ्जाको फेदीखोला गाउँपालिकाद्वारा आयोजित सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविले हात पारेको छ ।

'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मूल नारासहित फेदीखोला गाउँपालिका -२ स्थित फेदीखोला रंगशाला खेलमैदानमा गएको बिहिवारदेखि भएको प्रतियोगितामा १४ स्वर्ण, ७ रजत र ४ कास्य पदकसहित कुल ६० अङ्क हात पार्दै सिद्धार्थ माध्यमिक विद्यालय प्रतियोगिताको उपाधि विजेता बनेको हो । 

Ismt_Pokhara

त्यस्तै, प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ५ कास्य पदक गरि कुल ४० अङ्कसहित दामगाडे मावि दोस्रो र ३ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित कालाभैरव मावि तेस्रो बनेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी समीर सुनार, अभिषेक गुरुङ र युनिस गुरुङ बनेका थिए । त्यस्तै, मार्चपास अन्तर्गत चण्डीडाँडा माध्यमिक विद्यालयले उत्कृष्ट स्थान हासिल गरेको थियो । 

प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फको भलिबल, कबड्डी, रिले दौड, विभिन्न दुरिमा दौड, हाइजम्प, लङ्गजम्प, ज्याभलिन थ्रो, सटफुट, कराते लगायतका खेल भएका थिए । 

प्रतियोगितामा विजेताहरुलाई गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, जिससका सदस्यहरुलगायतबाट  ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update