-1737116772.jpg)
अर्जुनचौपारी गाउँपालिका वडा – १ को एक आयोजनामा वडा – २ को वडा कार्यालयसहित वडा अध्यक्षलाई उजुरी परेको छ ।
गाउँपालिकाले संघीय शहरी विकास मन्त्रालयको साझेदारीको वडा नं –१ को पुरनबारी– कौडिखोला–गड्यौलीखोला–अर्जुनचौपारी सडक स्तर उन्नती योजनामा नयाँ बाटो खोल्न लागेको भन्दै उच्च अदालत पोखरामा फरक वडाका वडा अध्यक्ष सहितलाई उजुरी परेको हो ।
गाउँपालिका वडा नं – २ का प्रेम बहादुर खत्रीले आफ्नो जग्गाबाट नयाँ बाटो खोल्न लागेको भन्दै वडा अध्यक्षसहित गाउँपालिकाको कार्यालय, गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आयोजना सम्बन्धी निर्माण कम्पनी र कम्पनीका ठेकेदारलाई अदालतमा मुद्धा दर्ता गरेका हुन् ।
उच्च अदालत पोखरामा अन्तरिम आदेशसहितको निषेधाज्ञाको आदेश माग गर्दै अर्जुनचौपारी गाउँपालिका – २ का प्रेम बहादुर खत्रीले उजुरी दिएका हुन् ।
वडा – १ मा रहेको उक्त ठाउँमा करिब १४ बर्षबाट बाटो रहेकोमा निवेदकले नयाँ बाटो खोल्न लागेको भन्दै अदालतमै गलत निवेदन दिएका हुन् । गुगोलमा उक्त बाटो २०१२ मा समेत रहेको देखाएको छ भने स्थानीयले नयाँ नभई पहिलाबाट नै बाटो रहेको बताएका छन् ।
नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यालयका सचिव रहेका खत्रीले विकास निर्माणलाई प्रभावित गर्ने उदेश्यले अदालतमा उजुरी दिएको पालिकाले बताएको छ ।
पालिकाले उक्त ठाउँमा ठेक्का मार्फत सडकभन्दा पनि सँगै रहेको गड्यौलीखोला सहितको खोलालाई अन्य जग्गालाई प्रभाव नपार्ने गरी ह्युम पाइप हाल्ने र खोलामा नाला बनाउने काम गरेको छ ।
निवेदकले नयाँ बाटो खनेको भनिएको जग्गा उनकै रहेपनि बाटो भने नयाँ नभएको पालिकाले जनाएको छ ।
नयाँ बाटो भनिएको उक्त बाटो जिल्ला सदरमुकाम स्याङजाबाट पुतलीखेत नुवारभञ्ज्याङ् हुँदै अर्जुनचौपारी गाउँपालिका आउने बाटो हो ।
केन्द्रमा उच्च पदमा रहेका खत्रीले पुरानो बाटोलाई नयाँ भन्नु र एक वडाको योजनामा अर्को वडाका अध्यक्षलाई अदालतमा उजुरी दिनुले उनको बौद्धिकतालाई झल्काएको छ ।
यस विषयमा आफ्नो कुनै सम्बन्ध नरहेपनी आफूलाई उजुरी पर्दा अचम्मित भएको वडा – २ का अध्यक्षले बताएका छन् ।
गाउँपालिकासङ्गको ठेक्का सम्झौताअनुरूप काम गर्ने क्रममा बिनाकारण उजुरी गरिदिँदा काममा अवरोध भएको आयोजनाका ठेकेदार तेज बहादुर जिसीले गुनासो गर्दै खत्रीको उजुरीका कारण हुने क्षति उनले भुक्तानी गर्नुपर्ने माग समेत गरेका छन् ।