आगलागीबाट हजारौंको क्षति

स्याङ्जाको हरिनास गाउँपालिका – ४ कुलुङ्खोलामा भएको आगलागीबाट हजारौंको क्षति भएको छ । गोठमा चौपायालाई कुँडो पकाउने क्रममा अचानक गोठ र गोठ नजिकैको टौवामा आगलागी भएको बताइएको छ ।
आगलागीबाट स्थानीय हेम बहादुर भुजेलको काठले बनाएको खरको छानो भएको एक तले कच्ची गोठ र गोठ नजिकै रहेको अन्दाजी २० भारी पराल रहेको टौवा जलेर नष्ट हुँदा करिब ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
आगो नियन्त्रणमा लिइसक्दा घटनामा कुनै मानवीय तथा चौपायामा क्षति नभएको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१ २०:५६
प्रतिक्रिया दिनुहोस्