
स्याङ्जाको आँधीखोला गाउँपालिका – ५ कृषिमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
शुक्रबार राती ११ बजे कृषिबाट ओहियातर्फ जाँदै गरेको टिप्पर कृषि-ओहिया भित्री कच्ची सडकखण्डमा सडकदेखि करिब ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
आरम्भ निर्माण सेवाको ग १ क ५१३९ नम्बरको टिप्पर दुर्घटनामा घाइते भएकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी पोखरामा पठाइएको थियो । उपचारका क्रममा पर्वत जिल्ला कुश्मा नगरपालिका – १४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका अन्य चार घाइतेको उपचार भइरहेको प्रहरीले बताएको छ । दुर्घटनामा स्याङ्जा आँधीखोला गाउँपालिका – २ ओहियाका ३३ वर्षीय कमल नेपाली, सल्यान सारदा नगरपालिका – ७ का १५ वर्षीय हरि परियार, चितवन राप्ती नगरपालिका – ६ भण्डाराका ४१ वर्षीय प्रकाश वि.क. र ४१ वर्षीया सुमित्रा वि.क. घाइते भएको निरीक्षक श्रेष्ठले बताए ।