स्याङ्जाका अनिल लम्सालको 'झिलिमिली बत्ती छ' बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । एकदिन अघि सार्वजनिक यो गीतको भिडियो 'अनिल लम्साल' युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस गीतमा गायक तथा मोडल अनिल लम्साल र पछिल्लो समयकी चर्चित गायिका शान्ता रानी परियारको स्वर रहेको छ । गीतमा रोशन बिसी र रन्जिता विश्वकर्माले समेत स्वरमा साथ दिएका छन् । गीतमा गायक अनिल लम्सालको शब्द र सुदीप परियारको संगीत छ ।
गीतको भिडियोलाई निर्देशन पनि लम्साल आफैंले गरेका छन् । होम गुरुङको कोरियोग्राफीमा रहेको यस भिडियोमा अनिल लम्साल, अस्मिता रनपाल, रोशन बिसी, संगीता खाती, सन्तोष थापा, विकास शर्मालगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
यस्तै, गणेश सापकोटाले छायांकन गरेको भिडियो सम्पादन सुवास अमगाईंले गरेका छन् । गीत र भिडियोलाई लिएर स्रोता दर्शकहरुबाट राम्रै प्रतिक्रिया मिलिरहेको लम्साल बताउँछन् ।
गायक अनिल लम्सालको यस अघिको ‘आँखै गाजले’ गीतलाई पनि दर्शकहरुले मन पराएका थिए ।