Syangja Dainik Media
अर्जुनचौपारीमा आगलागी, लाखौंको क्षति
Ismt_Pokhara

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – ५ गैराथरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । गोठका चौपायाहरुलाई कुँडो पकाउने क्रममा आगलागी भएको बताइएको छ ।

आगलागीबाट स्थानीय सुर्य प्रसाद पौडेलको दुई तले जस्ताको छानो भएको गोठमा रहेका चौपायाहरुमा क्षति पुगेको  र अन्दाजी २० भारी पराल जलेर नष्ट हुँदा करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

आगो नियन्त्रणमा लिइसक्दा घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । आगलागीमा परी एउटा भैंसी, एउटा भैंसीको पाडो, दुईवटा बाख्रा मरेका छन् भने एउटा गोरु घाइते भएको छ ।  

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update