Syangja Dainik Media
नेपाली सेनाद्वारा टु – इन्च मोर्टार बम डिस्पोज गरियो

स्याङ्जाको पुतलीबजार नगरपालिका – १४ लामागेमा भेटिएको टु – इन्च मोर्टार बम नेपाली सेनाको टोलीद्वारा डिस्पोज गरिएको छ । पुतलीबजार नगरपालिका – १४ लामागे फाँटको खेतमा उक्त बम फेला परेको थियो । 

स्याङ्जामा रहेको नेपाली सेनाको सिंह शार्दूल गुल्म आँधीखोला ब्यारेक र पोखरा पृतनाबाट आएको बम डिस्पोजल टोली (नेपाली सेना)ले डिस्पोज गरेको हो । बम डिस्पोज हुँदा लामागे तथा आसपासका क्षेत्रमा ठुलो आवाज आएको थियो । 

Ismt_Pokhara

बुधबार स्थानीय विष्णुप्रसाद पौडेलले आफ्नो खेत जेसिबीद्वारा सम्याउने क्रममा खेतको सतहबाट एक हात तल तार जडित फलामको बोत्तल जस्तो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको सिंह शार्दूल गुल्म आँधीखोला ब्यारेकबाट क्याप्टेन कल्याण थापाको टोलीले उक्त वस्तु टु – इन्च मोर्टार सेल (बम) भएको पुष्टि गरेको थियो ।

खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक प्रवेश तिवारीको नेतृत्वमा शंकास्पद वस्तु र शंकास्पद एरियाको कर्डन टेपद्वारा कर्डन र सुरक्षा दिने काम गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । बम डिस्पोजल टोलि घटनास्थल नआउँदासम्म नेपाली प्रहरीले र आँधीखोला ब्यारेक स्याङ्जाले सुरक्षा दिएर राखेको थियो ।

द्वन्द्वकालमा माओवादीले २०५८ साल मंसिर ८ गते  स्याङ्जा आक्रमण गरेको थियो ।  त्यसै बेलामा उक्त बम छुटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update