Syangja Dainik Media
नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ

नियन्त्रित लागूऔषधसहित स्याङ्जाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका – १३ देवकोटाचोकका १९ वर्षीय अंगत सेन्चुरी रहेका छन् । 

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका – १ बसपार्कमा सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा सेन्चुरीको साथबाट नाइट्राभेट – १० नामक नियन्त्रित लागूऔषध २० पत्ता फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । 

सोमबार राती ९ बजे बुटवलबाट पोखरा जाँदै गरेको हाइसमा सवार सेन्चुरीसङ्ग लागूऔषध बरामद भएकाले उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको डिएसपी पौडेलले बताए । 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update