Syangja Dainik Media
रेडक्रस स्याङ्जाको सभापतिमा पुनः अर्याल

नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्लाको सभापतिमा पुनः दिनेश अर्याल चयन भएका छन् । शुक्रबार सम्पन्न ४० औं साधारणसभा तथा जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि रेडक्रसकर्मी अर्याल सभापतिमा चयन भएका हुन् ।

अधिवेशनले अर्यालको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपसभापतिमा लक्ष्मीकान्त रेग्मी, महिला उपसभापतिमा लक्ष्मी थापा, मन्त्रीमा रामचन्द्र अर्याल, उपमन्त्रीमा राजेन्द्रदेव खनाल, कोषाध्यक्षमा महेश बहादुर थापा(गणेश) र उप – कोषाध्यक्षमा अर्जुनकुमार पौडेल रहेका छन् ।

Ismt_Pokhara

त्यसैगरी, महिला सदस्यमा कल्पना पौडेल अर्याल, विष्णु सुवेदी गैह्रे र नर्मदा अर्याल, सदस्यहरुमा चुडामणी रेग्मी, विष्णुप्रताप खाँण, रोशन लामिछाने, रमेश रेग्मी, थमनारायण ढकाल, कमल बहादुर खड्का र विश्वेश्वर गिरी रहेका छन् । 

जिल्लाभर ४० उपशाखा छन् । जिल्लामा विपद व्यवस्थापनमा रेडक्रसले अतुलनीय भूमिका निर्वाह गर्दै आएको छ । 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update