सेभेन ए साइड खुल्ला फुटबल: दोस्रो रिमा स्मृति कपको उपाधि राम लक्ष्मण क्लबलाई

नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिकाद्वारा आयोजित सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता दोस्रो स्वर्गीय रिमा स्मृति कपको उपाधि राम लक्ष्मण युथ क्लबले हात पारेको छ ।
फेदीखोला रंगशालामा भएको प्रतियोगितामा निर्धारित समयमा दुवै टोलीले १ – १ गोल गरेपछी भएको पेनाल्टी शूट आउटमा आयोजक नेविसंघ 'सि'लाई ७ – ६ गोलको अन्तरले हराउँदै राम लक्ष्मण युथ क्लबले उपाधिसहित पचास हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
उपविजेता आयोजक नेविसंघ 'सि'ले पच्चीस हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो ।
विजेता तथा उपविजेता खेलाडीलाई नेपाली काङ्ग्रेस फेदीखोला गाउँपालिकाका सभापति महेन्द्र थापाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ २०:४१
प्रतिक्रिया दिनुहोस्