Syangja Dainik Media
गण्डकीमा मंगलबार सार्वजनिक बिदा

गण्डकी प्रदेशको स्थापना दिवसका अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा हुने भएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।

Ismt_Pokhara

मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने सूचनामा छ ।

यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकोमा यसपालि एकैदिन मनाइन लागेको हो । 

२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो । 

२०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा मनाइएको थियो । २०७८ बाट उक्त दिनमा प्रदेशभर सार्वजनिक बिदा दिन थालिएको थियो । 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update