Syangja Dainik Media
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
Ismt_Pokhara

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः अर्जुन काफ्ले चयन भएका छन् । सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागि काफ्ले सर्वसम्मतिले अध्यक्ष चयन भएका हुन् । 

अधिवेशनले काफ्लेको अध्यक्षतामा अन्य पछि थप गर्नेगरी २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । प्रदेश समितिको उपाध्यक्षमा सन्तोष गौतम (खुला), सन्देश श्रेष्ठ (समावेशी), महिला उपाध्यक्षमा सविना राना, महासचिवमा गुणराज रोका, सचिवमा अग्निधर लुइँटेल (खुला), सुरेशराज अधिकारी (खुला), दानबहादुर गुरुङ (जनजाती), साने बहादुर नेपाली (दलित) र कोषाध्यक्षमा श्रीभद्र पौडेल रहेका छन् । 

त्यसैगरी, महिला सदस्यम सविता कुमारी शर्मा, सदस्यहरुमा सन्तोष परियार, राजकिरण छत्कुली, राजबाबु पिसि, बिमल आचार्य, फडिन्द्र अधिकारी, रवि दाहाल, प्रनिस गिरी, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update