Syangja Dainik Media
गण्डकी प्रदेशमा पूर्णिमाका दिन सार्वजनिक बिदा

गण्डकी । गण्डकी प्रदेशमा कोजाग्रत पूर्णिमाका दिन सार्वजनिक बिदा हुने भएको छ ।

गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९ गते नै निर्णय गरेको थियो ।

Ismt_Pokhara

सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा कोजाग्रत पूर्णिमाका दिन बिदा हुने भएको हो ।

संघ सरकारले दिनेवाहेक थप दिनको बिदाका लागि त्यतिबेला सरकारले निर्णय गरेको थियो । कोजाग्रत पूर्णिमा वाहेक चैते दसैं र भानुजयन्तीमा समेत गण्डकीमा सार्वजनिक बिदा भएको थियो ।

प्रदेश सरकारको स्थापना दिवसका दिन फागुन ४ गते पनि बिदा दिँदै आएकामा यस वर्ष भने उक्त बिदा कटौती गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update