विश्वकपमा सहभागी खेलाडी सम्मानित

आईसीसी यू – १९ विश्वकपमा सहभागी पुतलीबजारका महिला क्रिकेट खेलाडीहरु सम्मानित भएका छन् । पुतलीबजार नगरपालिकाले एक कार्यक्रम गरी खेलाडीलाई सम्मान गरेको हो ।
खेलकुदमा राष्ट्रको, जिल्लाको सङ्गै पालिकाको इतिहास रच्दै विश्वकप खेलेका तीनैजना महिला क्रिकेट खेलाडीलाई सम्मान गरिएको हो । सम्मान – पत्रसहित पुतलीबजार – १ का ज्योत्सनिका मरासिनी, पुतलीबजार – १३ का सिमाना केसी र कुसुम गोदारलाई प्रोत्साहन स्वरुप जनही ३३ हजार ३३३ रुपैयाँ प्रदान गरिएको पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।
गत जनवरी १८ देखि २ फेब्रुअरीसम्म मलेसियामा भएको आईसीसी यू – १९ टी – २० विश्वकप महिला क्रिकेट प्रतियोगितामा पुतलीबजारका तीनजना खेलाडीहरु सहभागी रहेका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१ १४:०४
प्रतिक्रिया दिनुहोस्