
स्याङ्जा जिल्ला क्रिकेट संघको आयोजनामा दोस्रो संस्करणको जिल्लास्तरीय पुरुष अन्तरपालिका स्याङ्जा क्रिकेट लिग – २०८१ हुने भएको छ । पुतलीबजार नगरपालिका – १३, मातृभूमि खेलमैदानमा यहि माघ ३० देखि फागुन ८ गतेसम्म स्याङ्जा क्रिकेट लिग – २०८१ हुने भएको हो ।
स्याङ्जा जिल्ला भित्रका स्थानीय प्रतिभावान खेलाडीको पहिचान, स्तर वृद्धि तथा खेलप्रति रुचि बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष दिवाकर थापाले जानकारी दिए ।
प्रतियोगिताको प्रथम हुने टिमले ट्रफी, मेडल र प्रमाण-पत्रसहित ४० हजार रुपैयाँको किटसेट प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले ट्रफी, मेडल र प्रमाण-पत्रसहित २० हजार रुपैयाँको किटसेट पाउनेछ ।
यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरस्कार स्वरुप बेस्ट बलर, ब्याटर, किपर र प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफी, मेडल र प्रमाण-पत्रको व्यवस्था रहेको छ ।
यसै प्रतियोगिताको आधारमा अब हुने प्रधानमन्त्री कप: एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि जिल्ला टिमको पहिलो चरणका खेलाडीहरू छनौट गरिने स्याङ्जा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले बताए ।