Syangja Dainik Media
प्रथम पिंक सिटि महोत्सव फागुन २१ देखि वालिङ् खेलमैदानमा

वालिङ चेम्बर अफ कमर्सको आयोजनमा वालिङ् खेलमैदानमा 'प्रथम पिंक सिटि महोत्सव वालिङ-२०८१' हुने भएको छ ।

'आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ' भन्ने मूल नाराका साथ फागुन २१ देखि चैत्र ३ गतेसम्म महोत्सवको आयोजना गरिएको वालिङ् चेम्बर अफ कमर्सका महासचिव तथा प्रवक्ता गणेश राउतले जानकारी दिए ।

Ismt_Pokhara

वालिङ् चेम्बर अफ कमर्सले आगामी फागुन ९ देखि १८ गतेसम्म गर्ने भनेको महोत्सवको मिति सारेको हो । यसअघि 'प्रथम वालिङ् सिटि महोत्सव – २०८१' हुने जानकारी गराएको चेम्बरले महोत्सवको नाम फेरेर मिति पनि सारेको हो ।

वालिङ् उद्योग वाणिज्य संघले नारा र नाम मिल्दोजुल्दो भएकोमा फरक बनाउन दिएको सुझाव तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको सातौं संस्करणको स्याङ्जा महोत्सव मिति समेत एकै समयमा परेको हुनाले महोत्सवको नाम र मिति फेरिएको महासचिव राउतले बताए ।

यसअघिको जानकारीमा वालिङ् चेम्बर अफ कमर्सले 'वालिङ्को सान, कृषि, खेलकुद, संस्कृति पर्यटन तथा औद्योगिक विकास हाम्रो पहिचान' भन्ने मूल नारा र महोत्सवको नाम 'प्रथम वालिङ् सिटि महोत्सव – २०८१' राखेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update