Syangja Dainik Media
शिशु निकेतनको एकदिने विज्ञान तथा शैक्षिक सामाग्री प्रदर्शनी

स्याङ्जाको पुतलीबजार नगरपालिका – ३ बाडखोलामा रहेको शिशु निकेतन आवासीय माध्यमिक विद्यालयले एकदिने विज्ञान तथा शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक तथा संस्थागत छिमेकी विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरु लगायत करिब दुई हजार जनाले उक्त प्रदर्शनी अवलोकन गरेका हुन् । 

शैक्षिक सत्र – २०८१ मा अध्ययनरत विद्यार्थीहरुद्वारा निर्माण गरिएको परियोजना कार्य अन्तर्गत विज्ञान सामाग्री तथा शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रम राखिएको विद्यालयका प्रधानाध्यापक मनोज मल्लले जानकारी दिए । 

Ismt_Pokhara

उक्त प्रदर्शनीलाई सम्बोधन गर्दै पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजारको शिक्षा क्षेत्रमा शिशु निकेतनले नयाँ सम्भावना उजागर गरेको बताउँदै विगतमा भन्दा विद्यालयले हरेक क्षेत्रमा विद्यार्थीहरुको सर्वागिंण विकासमा ध्यान दिएको र सिर्जनात्मक क्षमतालाई बढावा दिएकोमा खुसी व्यक्त गरेका थिए । 

नगरप्रमुख रेग्मीले विद्यार्थीका सिर्जना र क्षमता, समाजका संस्कारदेखि लोप हुन लागेका विषयहरु र प्रविधिको युगमा विज्ञानलाई पनि सङ्गै लिएर जाने प्रयत्न गरेकोमा र अन्य विद्यालयले पनि अनुसरणयोग्य काम गरेकोमा शिशु निकेतनलाई धन्यवाद ज्ञापन गरेका थिए । 

कार्यक्रममा पुतलीबजार नगर शिक्षा शाखा प्रमुख बाबुराम बराल, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका सदस्य मञ्जु कुमारी थापा क्षेत्री, प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदार, सचिव हरि प्रसाद अर्याल, सल्लाहकार बुद्धिसागर त्रिपाठी, भु. पु. सैनिक आवासीय माविका प्रधानाध्यापक यदु कुमार थापा, काजिमान हरिटिका माविका प्रधानाध्यापक ऋषिराम शर्मा, सरस्वती माविका प्रधानाध्यापक कृष्ण गोदार, रेडियो स्याङ्जाका प्रमुख व्यवस्थापक एक बहादुर गोदार (रमेश), स्याङ्जा माविका सहायक प्रधानाध्यापक मनोज खड्का लगायतले आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालय संचालक तथा समाजसेवि अनन्तकुमार श्रेष्ठको अध्यतामा सम्पन्न कार्यक्रममा कक्षा आठमा अध्ययनरत छात्र आकास सेनले स्वागत मन्तव्य र शिक्षकद्वय मञ्जु थापा र सोनी गोदारले संचालन गरेका थिए ।

शिक्षकहरु हिमाली राना, बबिना मल्ल, उषा वि. क. र अज्मी मगर, शिशु निकेतन सिङ्गिङ स्टार – २०८० पुर्णिमा थापाको नृत्यले कार्यक्रममा थप रौनकता ल्याएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update