Syangja Dainik Media
ट्रकलाई ओभरट्याक गर्दा डुम्रीकोटमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको वालिङ् नगरपालिका – ८ डुम्रीकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिरुवा गाउँपालिका – ७ घर भई वालिङ् – ९ क्याम्पस रोड बस्ने १६ वर्षीय सुशील गुरुङ रहेका छन् । 

Ismt_Pokhara

आइतबार राती करिब ८ बजे वालिङ् मोडबाट भकुण्डेतर्फ जाँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलाई सोहीतर्फ जाँदै गरेको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकलले घुम्तीमा ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए  ।

दुर्घटनामा मोटरसाइकलको पछाडी सवार गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ् लगिएकोमा उपचारको क्रममा आइतबार राती ९ बजे चिकित्सकले मृत घोषणा गरेको डिएसपी पौडेलले बताए ।

दुर्घटनापछि ट्रक र मोटरसाइकल चालक दुवैलाई सवारीसाधनसहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

 

 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update