Syangja Dainik Media
चापाकोटमा वृद्ध पुरुषको शव फेला
Ismt_Pokhara

स्याङ्जाको चापाकोट नगरपालिका – ८ ज्याग्दीघाट नजिकै सोमबार बिहान वृद्ध पुरुषको शव फेला परेको छ । ज्याग्दीघाट कालिगण्डकी नदिको किनारमा घोप्टो अवस्थामा शव भेटिएको हो ।

एक हप्ता अघिदेखि घरबाट हिँडेका वृद्ध पुरुषको शव सोमबार बिहान भेटिएको हो । पाल्पा रम्भा गाउँपालिका वडा नं. – १ हुँगीका ८७ वर्षीय देविलाल भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । 

प्रनाउ पौडेलका अनुसार प्रहरी अधिकृतसहितको टोलि घटनास्थलमा पुगेर मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि चापाकोट अस्पतालमा लगिएको छ । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update