Syangja Dainik Media
अर्जुनचौपारीमा मंगलबार सार्वजनिक बिदा

अर्जुनचौपारीमा बनेको नेपालकै पहिलो नवग्रह मन्दिरको वैदिक विधिअनुसार हुने नवग्रह धार्मिक अनुष्ठान, गीता ज्ञान तथा धार्मिक महोत्सवको अवसरमा पालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । 

पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिए ।

Ismt_Pokhara

यहाँको वडा नं – १ पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा अवस्थित पञ्चकन्या देवी मन्दिरको नजिकै नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरको निर्माण गरिएको छ ।

Navagraha-Mandir-Latest-1739280541.jpg

नवग्रह मन्दिर बनेसँगै पालिकाले प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रीको अवसर पारेर गर्ने तयारी गरेको छ । यही फाल्गुन ६ देखि १४ गतेसम्म एक करोड २५ लाख दीप प्रज्वलन गरी भव्य रूपमा अनुष्ठान गर्ने गाउँपालिकाको तयारी रहेको छ ।

विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी पालिकाले नवग्रह मन्दिरको निर्माण गरेको हो । आचार्य श्री चैतन्य कृष्ण महाराज गुरु प्रमुख वाचक रहने प्राण प्रतिष्ठा तथा अनुष्ठानमा राधिका दाशी, केएन स्वामी, लोकानन्द स्वामी लगायतले धार्मिक प्रवचन र देवी घर्ती, राजु ढकाल, खुमन अधिकारी लगायतका कलाकारले मनोरञ्जन दिनेछन् ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update