Syangja Dainik Media
नियन्त्रित लागूऔषधसहित शिवजी पक्राउ

नियन्त्रित लागूऔषधसहित स्याङ्जाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा उपमहानगरपालिका वडा नं. – २१ बस्ने २४ वर्षीय शिवजी तिवारी रहेका छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको वालिङ् नगरपालिका – १० भकुण्डेमा सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा तिवारीको साथबाट नोर्फिन (आइपिपिएल) ४९ एम्पुल, फेनरागन ६४ एम्पुल र डाईजेपाम ३४ एम्पुल  गरी १४७ एम्पुल नियन्त्रित लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

बिहिबार दिउँसो करिब ५ बजे बुटवलबाट पोखरा जाँदै गरेको हाइसमा सवार तिवारीसङ्ग नियन्त्रित लागूऔषध बरामद भएकाले उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको डिएसपी पौडेलले बताए । 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update