Syangja Dainik Media
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन

नेपालमै पहिलोपटक स्याङ्जाको अर्जुनचौपारीमा बनेको नवग्रह मन्दिरको दर्शन गरी मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान एवं धार्मिक महोत्सवमा शनिबार डा. स्वामी केशवानन्द गिरीले प्रवचन दिएका छन् ।

फागुन ६ देखि सुरु भएर १४ गतेसम्म चल्ने महोत्सव अवधिभर आचार्य श्री चैतन्य कृष्ण गुरु प्रमुख वाचक रहेका छन् ।

dr.kn-swami22-1740308506.jpg

Ismt_Pokhara

शनिबार उक्त महोत्सवमा प्रवचन दिँदै डा. केएन स्वामीले संस्कार, संस्कृति तथा नैतिक शिक्षा समेत आवश्यक रहेको बताएका थिए । मन्दिरमा पुजाआजा तथा दर्शन गरेपछि डा. स्वामीले दुई घण्टा प्रवचन दिएका थिए ।

डा.स्वामी केशवानन्दद्वारा लिखित संस्कार शिक्षा देशभरमै पालिकास्तरमा पहिलोपटक अर्जुनचौपारीमा पठनपाठन भएको छ । आफ्ना मौलिक कला, संस्कृति, चाल चलनको संरक्षण, सम्बर्द्धन र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउनला लागि पालिकामा संस्कार शिक्षा सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

स्थानीय पाठ्यक्रमअन्तर्गत संस्कार शिक्षा उपयुक्त लागेकाले गत आर्थिक वर्षको शैक्षिक सत्रको शुरुआतदेखि कक्षा ६, ७ र ८ मा पठनपाठन थालिएको अध्यक्ष तिवारीले बताए ।

dr.-kn-swamii33-1740308554.jpg

पाठ्यपुस्तकमा नैतिक ज्ञानगुनका विषयहरुलाई कथा, कविताका माध्यमबाट प्रस्तुत गरिएको छ । हाल पठनपाठनमा रहेको संस्कार शिक्षाको भाग १, २ र ३ प्रकाशन गरी कक्षा ६, ७ र ८ मा लागू गर्ने उनले जानकारी दिए ।

संस्कार शिक्षाले हाम्रो रीतिरिवाज, परम्परा, चालचलन, संस्कार संस्कृतिका बारेमा पछिल्लो पुस्तालाई ज्ञान दिने भएकाले पनि संस्कार संस्कृतिको रक्षाका लागि समय सान्दर्भिक रहेको अध्यक्ष तिवारीको भनाइ छ । गाउँपालिकाले उक्त पाठ्यपुस्तक विद्यार्थीलाई निःशुल्क उपलब्ध गराएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update