Syangja Dainik Media
स्याङ्जामा दुर्गेशलाई हेरेको हेर्‍यै

गायन क्षेत्रमा चर्चाको शिखरमा रहेका बागलुङ गलकोटका दुर्गेश थापाले स्याङ्जाका दर्शकको मन जितेका छन् । 

गत फागुन ६ गतेदेखि चलिरहेको सातौं स्याङ्जा महोत्सवमा गायक थापाले आज आफ्नो प्रस्तुति दिँदा यहाँका दर्शकको मन जितेर सबैलाई हेरेको हेर्‍यै बनाएका हुन् । 

Ismt_Pokhara

'मेरो दुश्मन छन् धेरै, दुश्मन हेरेको हेर्‍यै.....' बोलको गीतले महोत्सवमा आफ्नो प्रस्तुति सुरु गरेका थापाले दर्शकलाई भरपूर मनोरञ्जन गराएका हुन् । 'बम बम भोले भोले...', ' यहाँ रीसको बेलामा....', 'रातो रातो खुर्सानी पिरो छ....', 'नाच्नु पर्छ बीच बीचमा.....', 'कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा....' लगायतका गीत गाएर थापाले महोत्सवमा दर्शकलाई हेरेको हेर्‍यै बनाएका हुन् ।

गायन क्षेत्रमा छुट्टै पहिचान बनाएका थापाले महोत्सवमा हजारौंको संख्यामा उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन गराएका हुन् ।

शनिबार महोत्सवमा राजन कार्की, मोहन खड्का, बन्दना पाण्डे, लक्ष्मण सिंह ठकुरीले समेत आआफ्ना प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन गराएका थिए । यस्तै, मोडल तथा डान्सर सगुन थापा र अस्मिता राना मगरले नृत्य प्रस्तुति गरेका थिए ।

स्याङ्जामा आजभन्दा पहिला गरिएका मेला तथा महोत्सवमा दर्शकहरुको यस्तो बाक्लो उपस्तिथि भने कहिल्यै रहेको थिएन । 

जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाद्वारा आयोजित महोत्सव फागुन १८ गतेसम्म अर्थात् भोलिसम्म चल्नेछ । 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  २३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update