Syangja Dainik Media
आगलागीबाट एक घरमा क्षति

स्याङ्जाको पुतलीबजार नगरपालिका – ११ बगालथोकमा रहेको एक घरमा आगलागी हुँदा हजारौंको क्षति भएको छ । यहाँका मात्रीकाराज अर्यालको घरमा आगलागी भएको हो ।

आइतबार दिउँसो करिब चार बजे अर्यालको दुई तले घरको माथिल्लो तलाको बीचको कोठामा आगलागी भएको हो ।

Ismt_Pokhara

विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

आगलागीबाट कोठामा रहेको वासिङ् मेसिन, काठको दराज, खाट, कपडाहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update