Syangja Dainik Media
सातौं संस्करणको स्याङ्जा महोत्सव सम्पन्न
Ismt_Pokhara

जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन ६ गते सञ्चालन गरिएको सातौं संस्करणको स्याङ्जा महोत्सव हर्षोल्लासका साथ सम्पन्न भएको छ ।

जिल्लाकै गरिमा बोकेको आँधीखोलाको काख पुतलीबजार नगरपालिका – १ मालेबगरमा गण्डकी प्रदेश स्तरीय औद्योगिक, कृषि पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला – २०८१ को रुपमा आयोजित ७ औं स्याङ्जा महोत्सव सम्पन्न भएको हो ।

जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन तथा औद्योगिक उत्पादनसहित समग्र उद्योग व्यवसायको प्रबर्द्धनका लागि आयोजित महोत्सव १३ दिन सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update