Syangja Dainik Media
भीरकोटमा जन्मदर्ता प्रोत्साहन गर्न बच्चाको खातामा पाँच हजार

स्याङ्जाको भीरकोट नगरपालिका – ८ ले जन्मदर्ता प्रोत्साहन गर्न बच्चा जन्मेपछि खाता खोलेर पाँच हजार रुपैयाँ जम्मा गरिदिने अभियान थालेको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि अभियान थालेको हो ।

बच्चा जन्मेपछि ८ नं वडा कार्यालयमा जन्मदर्ता गर्ने सबै नवजात शिशुहरूका लागि लागू हुने गरी वडा कार्यालयले पाँच हजार र अभिभावकले पाँच हजार गरी कुल १० हजार रुपैयाँ खातामा जम्मा गरिदिने वडा अध्यक्ष नन्दलाल खनालले बताए ।

Ismt_Pokhara

शिशुको खातामा जम्मा भएको रकम बच्चाको उमेर १८ वर्ष पूरा भएपछि मात्र अभिभावकले/परिवारले निकाल्न पाउने व्यवस्था गरिएको उनको भनाई छ ।

चालू आर्थिक वर्षको साउनदेखि हालसम्म वडा कार्यालयमा ३१ जना बालबालिकाको जन्मदर्ता भएको छ । खाता खोल्ने अभियान सँगसँगै वडा कार्यालयले भालेसहित सुत्केरी भेटघाट, न्यानो भोटो वितरणजस्तालाई निरन्तरता दिएको छ ।

‘सुनौला हजार दिनका आमा र शिशुको स्वास्थ्य तथा पोषणमा ध्यान दिँदै वडाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरू घर–घरमा पुग्छौँ,’ उनले भने, ‘स्वास्थ्यसम्बन्धी परामर्श पनि दिने गरेका छौँ ।’

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update