Syangja Dainik Media
ग्रामीण सामुदायिक अस्पताल डेढ वर्षदेखि बन्द

स्याङ्जाको चापाकोट नगरपालिका – २ मा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताल डेढ वर्षदेखि बन्द अवस्थामा छ । २०६६ सालमा स्थापना भएको यो अस्पताल डेढ वर्षदेखि बन्द अवस्थामा पुगेको हो ।

शेयर सदस्यबाट सञ्चालन गरिएको यो अस्पतालले स्थानीय नागरिकलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो । यहाँ ६५० शेयर सदस्यले सात हजारका दरले रकम सङ्कलन गरेर पाँच रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गरेर सुरु भएको थियो ।

Ismt_Pokhara

सुरुवाती चरणमा २४ घन्टा सेवा दिँदै आएको अस्पतालले कोरोना समयमा राम्रो उपचार गरेको थियो । विभिन्न सहयोगी दाता, शेयर सदस्यबाट उठेको रकमको सदुपयोग गर्दै १५ शय्याको अस्पतालले आकस्मिक तथा ओपिडी सेवा प्रदान गरेको थियो ।

अस्पताल प्रभावकारी बनाउन अस्पताललाई थप सेवा विस्तार गराउन संघीय सरकारद्वारा नौ करोड ६८ लाखको लागतमा सुविधासम्पन्न भवन निर्माण गरिएको थियो ।

उपचारका लागि स्थानीय तथा पाल्पा, तनहुँका सेवाग्राही आउने गरेकोमा नियमित अस्पताल नचल्दा मर्कामा परेका छन् । गाउँकै अस्पताल बन्द हुँदा यहाँका सेवाग्राही उपचारका लागि पाल्पा, बुटवल, पोखरा र काठमाडौं पुग्नुपरेको छ ।

शेयर सदस्य र स्थानीय सरकारले स्थायी रुपमा अस्पताल चलाउन नसकेसङ्गै गण्डकी विश्वविद्यालयले सबै अधिकारसहित चलाउने तयारी भएको छ । विश्वविद्यालयले अस्पताल चलाउने भएपछि शेयर सदस्यले आफ्नो शेयर सहयोगमा परिणत गरेका छन् ।

यहाँका सबै जग्गाहरु तथा संरचना विश्वविद्यालयलाई हस्तान्तरण गर्नेगरी गत माघ २८ गते सम्झौता भएको वडा अध्यक्ष टीकाराम श्रेष्ठले बताए ।

- गोप अनलाइन 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update