Syangja Dainik Media
प्रथम पिङ्क सिटी महोत्सव कप सुरु, वालिङ्को विजयी सुरुवात

स्याङ्जाको वालिङ् खेलमैदानमा प्रथम पिङ्क सिटी महोत्सव कप सुरु भएको छ । वालिङ् चेम्बर अफ कमर्सद्वारा आयोजित प्रथम पिङ्क सिटी महोत्सवको अवसरमा स्याङ्जा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम पिङ्क सिटी महोत्सव कप आजदेखि सुरु भएको हो ।

उक्त कपको सुरुवातमा वालिङ् र चापाकोट नगरपालिकाबीच प्रतिस्पर्धा भएको थियो । वालिङ्ले चापाकोट नगरपालिकालाई ३ – १ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । वालिङ्ले चापाकोटमाथी २५ – २३, २७ – २९, २५ – २२ र २५ – १९ को अङ्कले जित हासिल गरेको हो ।

Ismt_Pokhara

प्रतियोगितामा वालिङ्, चापाकोट, गल्याङ, भीरकोट नगरपालिका र बिरुवा, कालीगण्डकी गाउँपालिकाको सहभागिता रहेको छ । यस प्रतियोगितामा पालिका बाहिरका तीनजना खेलाडी समावेश गर्न पाइने खेल संयोजक उमराज गुरुङले बताए । 

चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले एक लाख ५५ हजार रुपैयाँ र उपविजेताले एक लाख पाँच हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । 

यस्तै, तेस्रो हुने टिमले ५५ हजार र चौथों हुनेले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ नगद र बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट डिफेन्डरलाई तीन/तीन हजार रुपैयाँ नगद प्रदान गरिने खेल संयोजक गुरुङले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update