Syangja Dainik Media
मिर्मी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका मुना न्यौपाने निर्विरोध

स्याङ्जाको कालीगण्डकी गाउँपालिका – ७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका मुना न्यौपाने निर्विरोध चयन भएकी छन् । न्यौपाने दोस्रोपटक क्याम्पसको स्ववियु सभापतिमा निर्विरोध बनेकी हुन् ।

स्ववियु निर्वाचनमा अनेरास्ववियुको सबै प्यानल नै निर्विरोध निर्वाचित भएको हो । निर्वाचनमा नेविसंघ, अनेरास्ववियु(क्रान्तिकारी) ले कुनैपनि पदमा उम्मेदवारी दर्ता नगरेसँगै अनेरास्ववियुको प्यानल नै निर्विरोध निर्वाचित भएको हो । 

Ismt_Pokhara

नवनिर्वाचित समितिको सचिवमा कशिस बस्याल, कोषाध्यक्षमा किशोर बस्याल रहेका छन् भने सदस्यमा दिपीका पाण्डे, गुनकेशरी न्यौपाने, शिवानी थापा रहेकी छन् । 

यसैगरी, समानुपातिकतर्फ रुपा भट्टराई, कविता भट्टराई, रुकमाँया सुनार, अभिषेक पाण्डे, सरु न्यौपाने रहेका छन् ।

समितिको उपाध्यक्ष र सह – सचिव समानुपातिकबाट बनाइने नवनिर्वाचित सभापति न्यौपानेले बताइन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update