Syangja Dainik Media
स्याङ्जामा १९७ क्षयरोगका बिरामी, ७ को मृत्यु

स्याङ्जा जिल्लाभर १९७ जना क्षयरोगका बिरामी भेटिएका छन् भने सात जना बिरामीको मृत्यु भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार स्याङ्जाका अनुसार आर्थिक वर्ष २०८१/८२ फागुन मसान्तसम्म एक सय ९७ जनालाई क्षयरोग संक्रमण पुष्टि भएको हो । यस्तै, सात जना बिरामीको मृत्यु भएको कार्यालयले जनाएको छ । 

Ismt_Pokhara

जिल्लाका एघार पालिकामध्ये सबैभन्दा धेरै वालिङ् नगरपालिकामा क्षयरोगका बिरामी फेला परेको कार्यालय प्रमुख केशव चापागाईंले बताए । 

वालिङ् नगरपालिकामा ४४, चापाकोट नगरपालिकामा ३७, भीरकोट नगरपालिकामा ३१, गल्याङ नगरपालिकामा २८, पुतलीबजार नगरपालिकामा १६, बिरुवा गाउँपालिकामा १६, अर्जुनचौपारी गाउँपालिकामा १०, कालीगण्डकी गाउँपालिकामा ७, फेदीखोला गाउँपालिकामा ४, आँधीखोला गाउँपालिकामा ३ र हरिनास गाउँपालिकामा १ जना क्षयरोगका बिरामी रहेको चापागाईंले बताए ।

यस्तै, यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा पुतलीबजारका चार,  वालिङ्, गल्याङ र आँधीखोलाका एक/एक जना गरी सात जना क्षयरोग संक्रमीत बिरामीको मृत्यु भएको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update