Syangja Dainik Media
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

स्याङ्जामा गएराति मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ परेका छन् । अवैध हातहतियारसहित मानिस हिंड्डुल गरेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पुतलीबजार नगरपालिका – ११ जाँडखोला उनियाचौर स्थित माझीडाँडा जङ्गलबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Ismt_Pokhara

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका – १० धिमाटीका ४४ वर्षीय हर्क बहादुर गुरुङ र पुतलीबजार – ११ फापरथुमका ४३ वर्षीय सोम बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

पक्राउ परेका आरोपितका साथबाट अवैध एकनाले भरुवा बन्दुक र मृत अवस्थामा रहेको पोथी जातको रतुवा मृग बरामद भएको डिएसपी पौडेलले बताए ।

आरोपितहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरी कार्यालयले जनाएको छ । मृगको शव परिक्षणका लागि डिभिजन वन कार्यालय स्याङ्जामा जानकारी गराई भेटेनरी अस्पताल स्याङ्जा पठाइएको छ । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update