Syangja Dainik Media
लागूऔषधसहित भरतपुरका एक युवक पक्राउ

स्याङ्जामा लागूऔषधसहित भरतपुरका एक युवक पक्राउ परेका छन् । वालिङ् नगरपालिका – १० फुलबारी चोकस्थित सिद्धार्थ राजमार्गमा सवारी चेकजाँचका लागि खटिएको प्रहरी टोलिले युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका – २९ का २७ वर्षीय सुजन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

Ismt_Pokhara

आइतबार साँझ सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेको प्र.नं. ३ – ०१००५ ख ९९०४ नम्बरको हाइसमा सवार गुरुङको साथबाट झोलामा लुकाई छिपाई ल्याएको अवैध लागूऔषध फेला परेकोले पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।

उनको साथबाट ट्रमाडोल हाइड्रोक्लोराईड ६ पत्ता (५५ क्याप्सुल) अवैध लागूऔषध फेला परेको डिएसपी पौडेलले बताए ।

पक्राउ परेका गुरुङलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update