Syangja Dainik Media
जिल्ला खेलकुद विकास समिति स्याङ्जाको अध्यक्षमा रेग्मी दोहोरिए

जिल्ला खेलकुद विकास समिति स्याङ्जाको अध्यक्षमा प्रकाश रेग्मी दोहोरिएका छन् ।

मंगलबार प्रदेश खेलकुद परिषद् गण्डकीको सभाकक्षमा आयोजित एक कार्यक्रममा रेग्मीलाई पुनः अध्यक्षमा मनोनीत गरिएको हो । रेग्मी यसअघि पनि अध्यक्ष थिए ।

Ismt_Pokhara

यस्तै, समितिको उपाध्यक्षमा विजय विक्रम खाँण, सचिवमा विद्यादेवी भट्टराई र कोषाध्यक्षमा धिरज खाँण मनोनीत भएका छन् ।

उनीहरुलाई परिषद् अध्यक्ष एवं सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश खेलकुद विकास ऎन २०७७, प्रदेश खेलकुद विकास नियमावली २०७८ बमोजिम आगामी चार वर्षका लागि मनोनयन गरिएको हो ।

त्यसैगरी, समितिको सदस्यहरु पछि निर्णय गरिने जिल्ला खेलकुद विकास समिति स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update