Syangja Dainik Media
फेदीखोला चैते दशैं मेला: पुरुष भलिबलको उपाधि मट्टीखानलाई

स्याङ्जाको फेदीखोला गाउँपालिकामा हिम शिखर क्लबद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको उपाधि मट्टीखान माउन्टेन भ्यु रिसोर्टले जितेको छ ।

फेदीखोला रंगशालामा भएको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा मट्टीखानले नरेसोल्टी क्लब 'ख' लाई ३ – १ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

आइतबार भएको फाइनल खेलमा नरेसोल्टी क्लबलाई २५ – ७, २२ – २५, २५ – १४ र २५ – २२ को अङ्कले पराजित गर्दै मट्टीखान उपाधि विजेता बनेको हो । उपाधिसङ्गै मट्टीखानले एक लाख २६ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

त्यस्तै, उपविजेता बनेको नरेसोल्टी क्लब 'ख' ले ८६ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो । तेस्रो बनेको कालाबाङ घरेडीले २६ हजार रुपैयाँ र सान्त्वना स्थान प्राप्त गरेको नरेसोल्टी क्लब 'क' ले ६ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका हुन् ।

राम नवमी तथा चैते दशैं मेलाको अवसरमा चैत २१ देखि २४ गतेसम्म आयोजित प्रतियोगितामा आठ क्लबको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update