दुई सय १६ जना मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने

स्याङ्जाको वालिङ् नगरपालिकामा सञ्चालन हुने शल्यक्रिया शिविरमा २१६ जना मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने भएको छ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सञ्चालित नि:शुल्क आँखा जाँच शिविर तथा एकीकृत शिविरमा २६ जना आँखाका बिरामीमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पाइएको थियो ।
त्यसैगरी, वालिङ् नगरपालिकामा सञ्चालित आँखा जाँच शिविरमा १९० जना आँखाका बिरामीमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पाइएको थियो ।
अर्जुनचौपारी र वालिङ्मा विभिन्न मितिमा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नि:शुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीहरुको यहि वैशाख ६ र ७ गते गर्हौँ प्राथमिक अस्पताल वालिङ्मा सञ्चालन हुने शिविरमा नि:शुल्क शल्यक्रिया गरिनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२ ०९:४३
प्रतिक्रिया दिनुहोस्