Syangja Dainik Media
११ वर्षीया नाबालिकलाई करणी गरेको आरोपमा स्याङ्जाका एकजना पक्राउ

स्याङ्जामा ११ वर्षीया नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका – ८ का ५४ वर्षीय अर्जुन भन्ने ख्याम कर्ण दमै रहेका छन् ।

प्रहरीका अनुसार ती नाबालिकलाई गत साउन १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीमा उल्लेख छ । ती नाबालिकका अभिभावकले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

पक्राउ परेका अर्जुनलाई जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता स्याङजा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update