पोखरा कार्यक्षेत्र बनाएका लोकगायक अमर धितालको 'रैछौ नौजाले' बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । केही दिनअघि सार्वजनिक यो गीतको भिडियो 'अमर धिताल' युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
लोकदोहोरी गायक धितालकै शब्द तथा संगीतमा सार्वजनिक यस गीतमा धितालसहित लोकगायक केशव देवकोटा, लोकदोहोरी गायिका कमला गैह्रे र सीता ढकाल कोइरालाको स्वर रहेको छ ।
कुशल निर्देशक होम गुरुङको निर्देशन तथा कोरियोग्राफीमा रहेको यस गीतको भिडियोमा जीवन वाग्ले र सरिता दानकुटीलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
यस्तै, गणेश सापकोटाले छायांकन गरेको भिडियो सम्पादन सुवास अमगाईंले गरेका छन् । गीत र भिडियोलाई लिएर स्रोता दर्शकहरुबाट राम्रै प्रतिक्रिया मिलिरहेको गायिका कमला गैह्रे बताउँछिन् ।
लोकगायक धितालले आफूले सिर्जना गरेका हरेक गीतलाई दर्शक तथा श्रोताले हेरेर र सुनेर साथ दिएको बताउँछन् ।
गायक अमर धितालका यसअघिका ‘मायाको भाउ, दोहोरी भाका, भुरुरु मन उडी जाने, छाँगो खसेको’ लगायतका गीतलाई पनि दर्शकहरुले असाध्यै मन पराएका थिए ।