Syangja Dainik Media
आँधीखोलामा सर्पदंश प्राथमिक उपचार केन्द्र स्थापना

स्याङ्जाको आँधीखोला गाउँपालिकामा सर्पदंश प्राथमिक उपचार केन्द्र स्थापना गरिएको छ ।

आँधीखोला गाउँपालिका - ५ सेतीदोभानस्थित आँधीखोला आधारभूत अस्पतालमा सर्पदंश प्राथमिक उपचार केन्द्रको आइतबार स्थापना गरिएको हो ।

गाउँपालिकाको व्यवस्थापनमा उक्त सर्पदंश उपचार केन्द्र नियमितरूपमा सञ्चालन हुने पालिका अध्यक्ष विश्व पौडेलले बताए ।

अबदेखि सर्पदंशका बिरामीहरुले प्राथमिक उपचार सेवा यही अस्पतालबाट प्राप्त गर्ने बताउँदै अध्यक्ष पौडेलले समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट स्थानीयले अकालमै ज्यान गुमाउनु नपर्ने बताए ।

सर्पदंश प्राथमिक उपचार केन्द्र स्थापना भएसँगै सर्पले डसेका बिरामीलाई उपचारका लागि टाढा लैजानु पर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष पौडेलले बताए ।

यस्तै, उक्त आधारभूत अस्पतालले ल्याब परिक्षण रगत, दिशा पिसाब खकार, सुगर परिक्षणलगायतका उपचारात्मक सेवाहरू नियमित प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update