Syangja Dainik Media
स्याङ्जा आईसीसी प्रथम भलिबल कप : पुतलीबजार र विरुवाको विजयी सुरुवात

पुतलीबजार र विरुवाले स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०२४/२०८१ लिगमा विजयी सुरुवात गरेको छन् । पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जाका ११ वटै पालिकाको सहभागिता रहेको छ ।

स्याङ्जा सहयोग समाज ( अन्तर्राष्ट्रिय समन्वय समिती ) द्वारा आयोजित वालिङ् खेलमैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा पुतलीबजारले वालिङ्लाई २-१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

पुतलीबजारले वालिङ्माथी  २२-२५, २५-२३ र २५-१५ को अङकले जित निकालेको हो । उक्त प्रतियोगिताको म्यान अफ द म्याच पुतलीबजारका सन्जु विक्रम शाह बनेका थिए । 

Ismt_Pokhara

त्यस्तै, दोस्रो खेलमा विरुवाले अर्जुनचौपारीलाई २-० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

विरुवाले अर्जुनचौपारीमाथी  २५-१९ र २५-१८ को अङकले सहज जित निकालेको हो । उक्त प्रतियोगिताको म्यान अफ द म्याच विरुवाका संजोग परियार बनेका थिए । 

कार्तिक ५ गतेसम्म चल्ने प्रतियोगितामा लिग चरणपछि शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने रेफ्री संयोजक चित्र गुरुङले बताए ।

 

'समृद्ध स्याङ्जाको लागि विश्व अभियान' भन्ने मुल नारासहित स्याङ्जाली खेलाडीहरुको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्वितीय पुरस्कार एक लाख, तृतीय ५० हजार र सान्त्वना २५ हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र रहेको छ । 

यसैगरी, प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीलाई १० हजार र विभिन्न विधामा पाँच हजार रुपियाँको दरले पुरस्कृत गरिने छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update