Syangja Dainik Media
बस र ट्याक्टर एकापसमा ठोक्किँदा एकजना घाइते

स्याङ्जाको भीरकोट नगरपालिका – ४ छाङ्छाङ्दी मन्दिर अगाडि सिद्धार्थ राजमार्गमा दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

आइतबार दिउँसो १२ बजेको समयमा पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ७२३७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ग १ त ५८९६ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरका सह – चालक चितवन इच्छाकामना गाउँपालिका – १ का ३२ वर्षीय विष्णु चेपाङ घाइते भएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।

घाइते चेपाङको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा सामान्य उपचारपछि पोखरा रिफर गरिएकोमा मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक तिवारीले बताए ।

बस, ट्याक्टर तथा चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update